जसपा)ले मन्त्रीहरुको नाम टुंगो; तीन जना मन्त्री बन्ने पक्का

२२ आश्विन २०७८, शुक्रबार १३:५१

 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

जसपाका शीर्ष नेताहरुको शुक्रबार बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

निर्णयअनुसार जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले नै गर्नेछन् । यस्तै सो पार्टीबाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको हो ।