ग्लाडिएटर्सले दियो पोखरा राईनोजलाई १२० रनको लक्ष्य

२१ आश्विन २०७८, बिहीबार १५:४४

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनोजलाई १२० रनको लक्ष्य दिएको छ ।

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमन ६ विकेट गुमाएर ११९ रन बनाएको हो।

भैरहवाको लागि कप्तान शरद भेषावकरले सर्वाधिक ३२ रन बनाए । शरदले ३३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले २४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २७ रन जोडे।