माओवादीले छानेका ४ मन्त्रीमा को को अँटे

२१ आश्विन २०७८, बिहीबार १३:५५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा माओवादी केन्द्रले थप चार मन्त्रीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्रि परिषदमा पठाउनका लागि शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज र बोधमायाकुमारी यादवलाई छनोट गरेको छ ।

मन्त्री छनोटमा माओवादीले अपनाएको पहिलो मापदण्ड हो, पहिले मन्त्री बनेकालाई नदोहोर्याउने । यो मापदण्ड अनुसार नयाँ मन्त्रीहरु छानिएका छन् । यद्यपि अघिल्लो छनोटमा चाहिँ पम्फा भुसाल र जनार्दन शर्मा पुरानै दोहोरिएका थिए ।

बाँकेका सांसद महेश्वर गहतराज र धनुषाकी सांसद बोधमायाकुमारी यादव पनि मन्त्रीको छनोटमा परेका छन् । यीमध्ये यादवले राज्यमन्त्री पाउनेछिन् । बाग्लुङबाट निर्वाचित सांसद देवेन्द्र पौडेल यसअघि एकपटक पनि मन्त्री बनेका छैनन् ।