मुख्यमन्त्रीले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ : लोसपा

२० आश्विन २०७८, बुधबार १७:१२

काठमाडौं । प्रमुख विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिएर भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनलाई सहयोग गर्नुपर्ने बताएको छ ।

बुधबारदेखि शुरु भएको प्रदेशसभा अधिवेशनको पहिलो दिन लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले सबै कार्यालयको छानबिन गर्न मुख्यमन्त्री स्वयंले निम्तो दिएको बताए । समन्वय परिषद्को बैठकमा तत्कालीन अख्तियार प्रमुखलाई बोलाएर आफ्नो सबै कार्यालयको छानबिन गर्न आग्रह गरेको र अहिले अख्तियारले छापा मार्दा संघीयता धरापमा परेको भनिएको भन्दै उनले भने, ‘अख्तियारको छापाले संघीयता समाप्त हुँदैन ।’