ग्रेडिङ सिस्टममा फेल गर्न नमिल्ने तर नेवारी भाषा नजान्दा बनाइदियो विद्यालयले फेल

१८ आश्विन २०७८, सोमबार १७:०१

काठमाडौं । नेवारी भाषा नजान्दा काठमाडौंका विद्यालयले विद्यार्थीलाई फेल गर्न थालेको पाइएको छ । नेवारी भाषा (नेपाल भाषा) नजानेको भन्दै साना बालबालिकाहरूलाई फेल गर्न थालिएको हो ।

नयाँ बानेश्वरस्थित इपीएस स्कुलले जारी गरेको मार्कसिटमा कक्षा २ मा पढ्ने विद्यार्थीले नेवारी भाषा नजानेको भन्दै फेल भएको रिजल्ट दिएको छ ।

स्कुलले दिएको रिजल्टमा अन्य सबै विषयमा ए प्लस र ए आएका विद्यार्थीलाई नेपाल भाषाको आन्तरिक मूल्यांकनमा शून्य अंक दिइएको छ । जसको कारण ती विद्यार्थीले ‘इ’ ग्रेड पाएका छन् । तर, विद्यालयले जारी गरेको (याकमा भने फेल भनिएको छ ।

मूल्यांकन पद्दति ग्रेडिङमा गएपछि विद्यार्थीलाई पास वा फेल भन्न पाइँदैन । विद्यार्थीले पाएको अंकको आधारमा ती विद्यार्थीलाई ए प्लसदेखि ई सम्मको ग्रेडिङ गरिन्छ । तर उक्त विद्यालयले भने विद्यार्थीलाई फेल भनेर रिजल्ट दिइएको छ ।

यस विषयमा विद्यार्थी पास र फेल हुने पद्धति के भनेर भनेर सोध्दा इपिएस स्कुलका भाइस प्रिन्सिपल राजेन्द्र शर्माले कम्प्युटरमा अंक चढाएपछि सोही आधारमा फेल आएको बताए । विद्यार्थीलाई पास वा फेल भन्न नमिलेपनि कम्प्युटर सिस्टमका कारण त्यस्तो नतिजा आएको बताए ।