पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना पुष्टि, कति जना निको भए ?

१५ आश्विन २०७८, शुक्रबार १७:०२

काठमाडौं। पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ज्ञण् हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन् ।