विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पास

१५ आश्विन २०७८, शुक्रबार १४:४४

काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा एमाले उपमहासचिव विष्णु पौडेलले विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पेश गरेका छन् ।

नेता पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न प्रस्ताव पेश गरेका हुन् । पौडेलको प्रस्ताव हलले ताली पिटेर पारित गरेको छ ।