लगातार घट्दै सुनको मूल्य

१४ आश्विन २०७८, बिहीबार १६:५१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो । सोमबार तोलामा ८९ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै आएको छ ।

मंगलबार तोलामा ३००, बुधबार १०० र आज विहीबार २०० ले घटेको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको छ ।

हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।