करेन्ट लागेर र डुबेर २ जनाको मृत्यु

१२ आश्विन २०७८, मंगलवार १७:५०

काठमाडौं । बुटवलमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर बुटवलको फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पाको रुम्बा गाउँपालिका–१ का २१ वर्षीय अशोक घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टोयोटा अटो वास प्रा.लि.को पुरानो बोर्डमा वाईरीङ गर्ने क्रममा करेन्ट गम्भीर घाइते घर्तीको उपचारको क्रममा रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घटनाबारेमा थप अनुसन्धान शुरु भएको प्रहरीले बताएको छ ।

यता, रुपन्देही रोहिणी गाउँपालिका पनि एक युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

रोहिणी गाउँपालिका– ५ बुची घर भएका ३२ बर्षका अमित कुमार उपाध्यायको मृत्यु भएको छ ।

प्रहरीले उनको स्थानीय सर्वाजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।