बाजुराबाहेकका जिल्लामा देउवा पक्ष हावी

१२ आश्विन २०७८, मंगलवार १६:४६

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका ७५ स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारकाबीच पालिकास्तरको अधिवेशन सम्पन्न भएको छ ।

धेरै ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने निर्वाचन भएको अधिकांश स्थानमा देउवा पक्ष नै बलियो देखिएको छ ।

तर बाजुरामा सिटौला(पौडेल पक्ष मिल्दा देउवालाई क्षति पुगेको छ । ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा कैलालीमा ९१३ पालिका० भने पालिकास्तरको अधिवेशन हुन बाँकी छ ।