बुधबार महिलाहरुलाई मात्रै बिदा हुने प्रदेश २ मा

११ आश्विन २०७८, सोमबार १६:०७

काठमाडौं । प्रदेश २ सरकारले जितिया पर्वको अवसरमा बुधबार महिलाहरुलाई बिदा भएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै बुधबार प्रदेशभर महिलाका लागि सार्वजनिक विदाको घोषणा गरेका हुन् ।

 

पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गर्दै बिदा दिने सन्देशमा उल्लेख गरेका छन् ।