नेपाली विद्यार्थीलाई जापान पठाउन संसदीय समितिको निर्देशन

१० आश्विन २०७८, आईतवार १५:००

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ ।

‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सीआई पनि गरेको छ ।

भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन्,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री घर्तीले भनिन्, ‘जापानसँग कूटनीतिक पहल गरेर विद्यार्थीहरु जाने वातावरण बनाउनु प¥यो भन्ने निर्देशन दिन समिति चाहन्छ ।’