५ लाख ठगी गरेको आरोपमा पास्टर पक्राउ

८ आश्विन २०७८, शुक्रबार १४:५४

 

काठमाडौं । प्रहरीले अनलाइनबाट ५ लाख ठगी गरेको आरोपमा एकजना पास्टरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय पास्टर सुनील क्षेत्री रहेका छन् । उनले संखुवासभाका एकजना किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नु पर्ने भन्‍दै पोखरा र काँकडभिट्टाको खाता नम्बर दिएका थिए।

ती किशोरीले कारकरभिट्टा र पोखराका दुवै खातामा पैसा जम्‍मा गरेपछि पास्टरले दुवै खाताको पैसा काँकडभिट्टामा आएर लिएरको गएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई थप अनुसान्धानको लागि काठमाडौं ल्याइएको महानगरीय अपराधमहाशाखाले जनाएको छ