एमालेले सोचेजस्तो भएन गुल्मीमा

७ आश्विन २०७८, बिहीबार १९:५१

फाइल तस्बिर

 

आयोखबर संवादाता
काठमाडौं । विभाजन हुन अघि संसद्को सबैभन्दा ठुलो शक्ति नेकपा एमाले पार्टी विभाजन भएयता चर्चामा छ । पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनालले विचारको विद्रोह भन्दै भाद्र ९ गते निर्वाचन आयोगमा नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गराएसँगै गुल्मीमा नेकपा एमालेका अधिकांस नेता कार्यकर्ता एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

हाल गुल्मीमा पूर्व परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट आदी नेता हाल नेकपा एमालेमै भएता पनि कहिले एकिकृत समाजवादीलाई समर्थन गर्ने त कहिले नेकपा एमालेमै फर्केर आउने जस्ता राजनैतिक अपरिपक्वताबाट गुल्मिीका कार्यकर्ता आजित भएका र निकट भविष्यमा पनि उनीहरुलाई समर्थन नगर्ने स्रोतले बताएको छ ।

यसरी गुल्मीकै पूर्व नेकपा एमालेका कर्यकर्ताहरुले साथ नदिदाँ एमाले कार्यकर्ताबिहिन पार्टी मात्रै होइन आउँदो निर्वाचनमा एक सिट पनि नजित्ने निश्चित भएको छ । चुनाव चिन्ह सूर्य भएता पनि अब आउँदो निर्वाचनमा भने गुल्मीमा एमालेको सूर्य नउदाउँने भएको छ ।