सरकारद्वारा सेनिटरि प्याडमा लगायको कर घटाउन विरोध प्रदर्शन

७ आश्विन २०७८, बिहीबार १८:५९

मन्जिल कन्दङवा
काठमाडौं ।
आज माइतीघर मण्डलामा नेपाल सरकारद्वारा महिलाहरुको अत्यावश्यक स्यानेटेरी प्याड निर्यातमा लगाएको कर घटाउनुका सार्थ सर्वसुलभ माइतीघर मण्डलामा “नेपाली युथ कांग्रेस”ले विरोध प्रदर्शन गर्दै धर्ना लगाएका छन् । “रातो कर माफ गर” नाराका साथ आज युवाहरुले दिउँसो विरोध प्रदर्शन गरेका हुन ।

महिला दिदीबहिनीहरुको अत्यावश्यक सामग्री सकेसम्म निशुल्क उपलब्ध गराउनु दबाब दिन विरोधमा उत्रेको नेपाली युथ कांग्रेसका अध्यक्ष सचिन तिमलसिनाले बताए ।

उक्त विरोध र धर्नामा महिलाहरुको सम्बन्धित विषयमा आवाज बुलन्द गर्न बढी पुरुषहरुको उपस्थिती रहेको थियो । महिलाहरुको सम्बन्धित बिषयमा महिलाभन्दा त बढी पूरुषहरुको उपस्थिती देखिन्छ, किन ? भन्ने आयोखबर संवाददाताको प्रश्नमा सहभागी बिनोद देउवा भन्छन्,“हाम्रो पनि घरमा दिदीबहिनी छन् । उहाँहरु आज आउन भ्याउनुभएन । यो त सबै महिला दिदीबहिनीहरुलाई अत्यावश्यक वस्तु हो । त्यही भएर पनि पूरुष साथीहरुको बढी सहभागिता छ ।”

“डु नट इम्पोज ट्याक्स अन माई पिरेड”, “स्क्रयाप द लक्जरी ट्रयाक्स अन मेन्सुरेस्रल प्रोडट्स”, “रातो कर खारेज गर”, आदि लेखेका पर्चा, प्ले कार्डहरु लिएर करिब ४५ मिनेट जति विरोध प्रदर्शन गरेका थिए ।