नेपाल आइपुग्यो राष्ट्रिय महिला फुटबल टोली

७ आश्विन २०७८, बिहीबार १४:१८

काठमाडौं । उज्वेकिस्तानमा एएफसी महिला एसियन कप-२०२२ छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

नेपाली टोली बिहान स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।

छनोटको समूह एफमा रहेको नेपाल एक बराबरी र एक हारको नतिजापछि समूह चरणबाटै बाहिरिएको थियो ।

पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपालले २ खेलबाट १ अंक जोड्यो । फिलिपिन्स र हङकङबीचको खेल शुक्रबार हुँदैछ ।

यो समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।