अमेरिकामा गत हप्ता २ लाख २५ हजार ९ सय ७८ जना बालबालिका कोरोनाबाट संक्रमित

५ आश्विन २०७८, मंगलवार ११:२०

काठमाडौं । अमेरिकामा कोभिड–१९ द्वारा संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । सोमबार प्रकाशित आँकडाका अनुसार देशभरीका कोरोना संक्रमितमध्ये लगभग २६ प्रतिशत संक्रमित बालबालिका रहेका छन् ।

द अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) ले दिएको जानकारी अनुसार गत हप्ता २ लाख २५ हजार ९ सय ७८ जना बालबालिका कोरोनाद्वारा संक्रमित भएका छन् । महामारी सुरु भएदेखि बालबालिकामा देखिएको यो संक्रमण दर दोस्रो सर्वाधिक हो ।

यसको अघिल्लो साता २ लाख ४३ हजार ३ सय ७३ बालबालिका संक्रमित भएका थिए जुन हालसम्मकै सर्वाधिक हो ।

कोभिड–१९ को खोप लगाउन नपाएका बालबालिका विद्यालय फर्कन थालेपछि संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको हो । बालबालिकाको खोप हाल अनुसन्धानकै अवस्थामा छ । अहिलेसम्म १२ वर्ष वा सोभन्दा माथिकालाई खोप दिइँदै छ ।

स्वास्थ्य विज्ञ तथा अधिकारीले खोपको विकास नभएसम्म बालबालिकालाई सुरक्षित राख्नुपर्ने कुरामा जोड दिएका छन् ।

‘गर्मी महिनामा बालबालिका संक्रमित हुने संख्यामा कमी देखिएको थियो तर हाल यसमा अत्यधिक वृद्धि देखिएको छ । पछिल्लो चार हप्तामा ९ लाख २५ हजार बालबालिका संक्रमित भइसकेका छन्,’ एएपीले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

बालबालिका अझै पनि गम्भीर रुपमा बिरामी हुने सम्भावना न्यूनः

जुलाई महिनामा २२ –२९ बीचको एक हप्ताको तुलनामा सोमबार जारी गरिएको संक्रमितको संख्यामा २१५ प्रतिशतले वृद्धि भएको छ । त्यतिबेला ७१,७२६ बालबालिका संक्रमित भएका थिए ।

सेप्टेम्बर १६ सम्म ५५ लाख बढी बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यद्यपि, वयस्कको तुलनामा बालबालिकामा कोभिडले गम्भीर खतरा भने निम्त्याएको छैन । उमेरको हिसाबले अस्पताल भर्ना हुनुपरेको जानकारी दिने राज्यमा कोभिड–१९ का कारण अस्पताल बस्नुपर्ने बिरामीमध्ये १।६ देखि ४।२ प्रतिशत बालबालिका रहेका छन् ।

यता उमेरको हिसाबले मृत्युको रिपोर्ट दिने राज्यमा बालबालिकाको मृत्युदर ०।२५ प्रतिशत रहेको छ । सात राज्यमा हालसम्म कोही बालबालिकाको मृत्यु भएको छैन ।

द यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० का अनुसार आइतबारसम्म कोभिड–१९ का कारण अमेरिकामा १८ वर्षभन्दा मुनीका ५४८ बालबालिकाको मृत्यु भएको छ ।

डिसेम्बरको अन्त्यतिर भ्याक्सिन तयार हुनसक्नेः

सीडीसीका निर्देशक डा। रचेल वालेन्स्कीले बालबालिकाका लागि यस वर्षको ९डिसेम्बरको० अन्त्यसम्म खोप तयार गर्न विभिन्न संस्था लागीपरेको जानकारी दिए ।

फाइजरमा बोर्ड सदस्य तथा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनका पूर्व आयुक्त डा। स्कट गटलिबले अक्टोबरको अन्तिम वा नोभेम्बरको पहिलो सातासम्म बालबालिकाका लागि खोप उपलब्ध हुने जानकारी दिए ।

खोप उपलब्ध भएतापनि आफ्ना बालबालिकालाई खोप दिने वा नदिने भन्ने निर्णय पूर्ण रुपमा परिवारको हातमा भएको उनले बताए ।

अमेरिकाका ५४।७ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाइसकेका छन् ।