श्रीलङ्कामा देशव्यापी कर्फ्युको म्याद थपियो

३ आश्विन २०७८, आईतवार १६:२१


एजेन्सी

स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रबार दिएको जानकारी अनुसार थप गरिएको कफ्र्यु आगामी अक्टोबर १ सम्म लागु हुनेछ ।

कोरोनाभाइरसको महामारी थप फैलिने खतरा अझै पनि रहेकाले कफ्र्युको म्याद थप्नु परेको उनको भनाइ छ ।

राष्ट्रपति गोटावाया राजापाक्षेको अध्यक्षतामा बसेको राष्ट्रपतीय कार्यदलको बैठकले कफ्र्युको म्याद थप्न अनुमति दिएको हो ।