झडप हुँदा महोत्तरीमा एक जनाको मृत्यु

३ आश्विन २०७८, आईतवार १६:१४

काठमाडौं । दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

विश्वकर्मा पूजाको विषयमा भएको विवादमा आज झडप हुँदा सोनमा गाउँपालिका–७, सुन्दरपुर मैनटोलका ५० वर्षीय रामप्रसाद यादवको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।