महिला मन्त्रालय खारेज गर्ने तयारी तालिवानको

३ आश्विन २०७८, आईतवार १५:२८

एजेन्सी

अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्नो जागिर गुमाएको भन्दै मन्त्रालयका महिला कामदारहरुले भवन बाहिर विरोध प्रदर्शन गरिरहेका केही तस्बीरहरू गत २४ घण्टामा ट्वीटरमा पोष्ट गरिएका छन् । तालिबान अधिकारीसँग यस सम्बन्धमा मागिएको प्रतिक्रियामा कसैले पनि तत्काल यस मामिलामा टिप्पणी गर्न चाहेनन् ।

तालिवानले यस पटक आफूहरूले उदारवादी शासन गर्ने प्रतिवद्धता जनाएपनि महिलाहरूलाई काममा फर्कन अनुमति दिएका छैनन् र विश्वविद्यालयमा लगाउन सक्ने पहिरनबारे नियमहरू लागू गरेका छन् ।