रोट्रयाक्ट क्लब अफ पाटनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२ आश्विन २०७८, शनिबार १९:०३

मन्जिल कन्दङवा
ललितपुर । पाटनको मङगल बजारस्थित रोट्रयाक्ट क्लब अफ पाटनले आयोजना गरेको बार्षिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पाटन, इन्नरहिुविल क्लब अफ पाटन र हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले सपोर्ट गरेको उक्त कार्यक्रम बिहान ८ बजीदेखि ११ बजेसम्म सञ्चालन गरिएको थियो ।

उपत्यकामा निषेधाज्ञा हटेसँगै अस्पतालहरुमा रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम सञ्चालन गरेको आयोजकले बताए । आयोजक रोट्रयाक्ट क्लब अफ पाटनका प्रेसिडेन्ट अंकित बस्नेत भन्छन,“कोभिड १९ महामारीको कारण हस्पिटलहरुमा रगतको अभाव भयो र त्यही डिमान्डलाई फुलफिल गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

बिहानी ३ घण्टासम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर तिर्थमान शाक्य, रोटरी क्लब अफ पाटनका प्रेसिडेन्ट महेन्द्र थापा, रोट्रयाक्ट क्लब अफ कुपण्डोल, रोट्रयाक्ट क्लब अफ काठमाडौं कलंकीका प्रेसिडेन्टका साथै जोनल रोट्रयाक्ट रिप्रिजेन्टेटिभको समेत सहभागिता थियो ।

मानव सेवामा योगदान गर्नुका साथै रक्तदानको अनुभव लिन रक्तदान गरेको पहिलो पटक रक्तदान गरेका सौहार्द केसीले बताए ।

त्यसैगरी जनकपुरका राहुल झा भन्छन्,“एकपटक हजरआमालाई रगत चाहिएको बेला जनकपुरको हस्पिटलभरि खोज्दा पनि पाएनौँ । त्यसपछि रक्तदान गरेर अन्य ब्लड आवश्यक भएका बिरामीहरुले ब्लड पाउन भनेर ब्लड डोनेट गर्न मन लागेर सहभागी भएको हुँ । मानव सेवा नै धर्म हो ।”

“एभ्रिवान कुल्ड बि अ हिरो …. बि अ डोनर” स्लोगन रहेको उक्त कार्यक्रममा जम्मा २९ जनाले रक्तदान गरको प्रेसिडेन्ट अंकित बस्नेतले जानकारी दिए ।