हरेक खेलको विजेताले ५० हजार म्याच मनी पाउने

१ आश्विन २०७८, शुक्रबार १७:५८


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हरेक खेलको विजेताले ५० हजार म्याच मनी पाउने भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघ ९एन्फा०बीच भएको सहमति अनुसार प्रत्येक म्याचको विजयी टिमलाई ५० हजार नगद अर्थात् म्याच मनी दिनेछ । बराबर खेल्दा दुवै टिमले आधाआधा पाउनेछ ।

कुल ९१ खेल हुने लिगको म्याच मनी ४५ लाख ५० हजार हुनेछ ।

यस्तै प्रतियोगिताको उदयमान खेलाडीलाई एक लाख दिइनेछ भने ३० लाख ५० हजार अफिसियल खर्च गरी कुल ५० लाख रुपैयाँ परिषद्ले एन्फालाई दिइने सहमति भएको छ ।