
मन्जिल कन्दङवा
आयोखबर संवाददाता, काठमाडौं ।
आज तिनकुनेमा भएको नेकपा (एकिकृत समाजवादी) पार्टीको केन्द्रिय कार्यालय उद्घाटन समारोहपछि अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग तत्काललाई सहकार्य मात्र गर्ने बताएका छन् ।
माओवादीसँग पार्टी एकिकरण गर्ने हल्ला बाहिर आएको छ के यो साँचो हो ? प्रश्नको जवाफमा उनले भने,“हामी तत्काललाई माओवादीसँग सहकार्य गर्छाै तर एकीकरण गर्दैनौँ । नेकपा (एकिकृत समाजवादी) पार्टिले अन्य कुनै दलसँग एकिकरणको सम्भावना छैन ।”
केन्द्रिय कार्यालमा नेकपा (एकिकृत समाजवादी) का नेता तथा कार्यकर्ताका साथै युवा संघ नेपाल, “अनेरास्ओवियू केन्द्रिय कमिटीका नेता तथा कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिती थियो ।
