नेकपा (एकीकृत समाजवादी) निकट युवा नेता बैङ्किङ कसुरमा पक्राउ

३१ भाद्र २०७८, बिहीबार १५:०६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुमको सिस्ने गाउँपालिका–५ घर भएका अर्जुन बुढाथोकीलाई बैङ्किङ कसुर मुद्दामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

उनी नेकपा एकीकृत समाजवादी पार्टी निकट ‘केन्द्रीय पिपुल्स भोलेन्टियर’ काठमाडौँका जिल्ला अध्यक्ष हुन् ।

बुढाथोकीले दिएको ८० लाखको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए । उनलाई काठमाडौँको धापासीबाट पक्राउ गरिएको एसपी बस्नेतले बताए ।