क्रिकेट बोर्ड (पीसीबी)को अध्यक्षमा रामिज राजा

३१ भाद्र २०७८, बिहीबार १३:१२

काठमाडौं । रामिज राजा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को अध्यक्ष बनेका छन् । उनी तीन वर्षका लागि पीसीबीको अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

गत महिना पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राजालाई बोर्डको प्रमुखको रुपमा मनोनित गरेका थिए । सोमबार लाहोरमा भएको बैठकमा उनी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

१९९२ को विश्वकपमा प्रधानमन्त्री खान र राजा पाकिस्तानको टोलीमा थिए । जतिबेला पाकिस्तानले इंग्ल्याण्डलाई हराउँदै विश्वकप जितेको थियो ।

५९ वर्षीय राजा पीसीबीको अध्यक्ष बन्ने चौथो पूर्व क्रिकेटर हुन् । राजाले पाकिस्तानका लागि ५७ टेस्ट र १९८ वटा ओडीआई खेलेका छन् । उनले १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।