नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो चयन

२८ भाद्र २०७८, सोमबार १८:२१


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् ।

एकीकृत समाजवादीको प्रदेश वैठकबाट महतोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । उनी यसअघि पनि नेकपा एमाले प्रदेश २ सभाको संसदीय दलका नेता थिए । तर, एमाले विभाजन पछि उनले एकीकृत समाजवादी तर्फ निर्वाचन आयोगमा सनाखत गरेर रोजेका थिए ।

पार्टीको प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए ।

दलको नेता चयन गरेर प्रदेश २ को प्रदेशसभा सचिवालयमा समेत जानकारी गराएको प्रदेश सांसद उप्रेतीले बताए ।

प्रदेश २ मा एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन् ।