मोटरसाइकललाई ठकर दिँदा एक चालकको मृत्यु

२८ भाद्र २०७८, सोमबार १५:४४

नारायणगढको लायन्स चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका १० का ३१ वर्षीय यदुराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनलेजनाएको छ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिमेन्ट लिएर जनकपुरतर्फ जाँदै गरेको ना८ख ६२४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ३९ प २०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पौडेल गम्भीर घाइते भएका थिए।
घाइते पौडेलको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।