राजीनामा दिए अफगानिस्तानका कप्तान रासिद खानले

२७ भाद्र २०७८, आईतवार १३:००


काठमाडौं । आगामी अक्टोबर/नोभेम्बरमा हुने टी-२० विश्वकपका लागि बिहीबार अफगानिस्तानको टोली घोषणा भयो । अफगानिस्तान क्रिकेट बोर्डले रासिद खानको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको थियो ।

तर कप्तानको रुपमा आफू पनि छनोट कमिटीमा हुनुपर्ने भन्दै उनले टिम छनोटमा असन्तुष्ट जनाउँदै कप्तानबाट राजीनामा दिए । त्यसपछि अफगानिस्तान क्रिकेट बोर्डले पूर्व कप्तान मोहम्मद नावीले टी२० विश्वकपकमा टिमको कप्तानी गर्ने जनाएको छ ।

यस्तै विकेट किपर ब्याट्स म्यान मोहम्मद शाहजाद पनि टिममा फर्केका छन् । टी-२० विश्वकप युएई र ओमानमा अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

सुपर १२ अन्तर्गत अफगानिस्तान समूह बी मा छ । यस समूहमा भारत, पाकिस्तान र न्युजिल्याण्ड छन् । पहिलो चरणको खेलपछि थप दुई टिम यस समूहमा समावेश हुनेछ ।

अफगानिस्तानको टिममा मोहम्मद नावी ९कप्तान०, नजिबुल्लाह (उपकप्तान), रहमनुल्लाह गुर्बाज ९विकेटकिपर०, हज्रतुल्लाह जजाई, उसमान घानी, अस्गर अफगान, हशमतुलल्ह शाहिदी, रासिद खान, मोहम्मद शाहजाद ९विकेटकिपर० मुजि उर रहमान, करिम जन्नत, गुल्बादिन नइन, नभिन उल हक, हमिद हसन, शरफुद्दिन अस्रफ, दवलत जद्रान, शापुर जद्रान र क्वाइस अहमद रहेका छन् ।

यस्तै अफसर जजाई र फरिद अहमद मलिक रिजर्भमा रहेका छन् ।