नक्कली अन्तशुल्क स्टिकर प्रयोग गरेको फेला, उद्योगमा शिल

२७ भाद्र २०७८, आईतवार १२:२९

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिष्टल डिष्टिलरीमा छापा मारेको छ ।

नक्कली अन्तशुल्क स्टिकर प्रयोगकर्ता क्रिष्टल डिष्टिलरी हुनसक्ने आशंकामा सो उद्योग शिल गरिएको स्रोतले जनाएको छ । तर राजश्व अनुसन्धान कार्यालयले यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन आनाकानी गरेको छ ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले नक्कली स्टिकर बरामद घटनाको सम्बन्धमा गहिराइमा अनुसन्धान जारी रहेको र केही दिनमा नक्कली अन्तशुल्क स्टिकर कुन उद्योगमा प्रयोग भइरहेको छ भन्ने खुल्ने बताए ।