मन्जिल कन्दङवा
आयोखबर संवाददाता
काठमाडौं । नयाँबानेस्वरस्थित संवाद क्लब नेपालको सभा हलमा “भ्रष्टचारविरुद्ध नागरिक सचेतना कार्यक्रम” सम्पन्न भएको छ ।
भ्रष्टचारविरुद्ध उक्त कार्यक्रमका प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माले)का महासचिव सि. पि मैनालीले नेपालको पञ्चायतकाल देखिको लामो राजनितिक घट्नाक्रमलाई स्मरण गराए । अहिले जनस्तरमा चर्चापरिचर्चा भईरहेको एम.सि.सी नेपालले सदनबाट पारित गरेमा नेपालले अमेरिकाको उपनिवेश बन्ने कुरा पनि उनले प्रष्ट पारे ।
एम.सि.सी.मा भएका केही घातक बुँदाहरु जस्तै एमसिसीका पद्दाद्यिकारीहरुलाई नेपालमा कुनै मुद्दा नलाग्ने, उनीहरुको सामान नेपाल प्रहरीले चेकजाँच गर्न नपाउने, नेपाल सरकारले एम.सि.सी.का पद्दाद्यिकारीहरुलाई आवासिय भिसा दिनुपर्ने जस्ता बुँदाहरु रहेको उल्लेख समेत गरे ।
एम.सि.सी. नेपालको संसदबाट पास गरेमा नेपालको कानुनभन्दा एमसिसी सर्वाेच्च हुने कुरा पनि उनले प्रष्ट पारे । उनी भन्छन्,“एमसिसी संसदबाट पास गर्दा नेपालको कानुन बन्न जान्छ । एम.सि.सी नेपालको राज्यभन्दा ठूलो हुन्छ ।”
