जबरजस्ती करणीको अभियोगमा पोखरामा एक पक्राउ

२५ भाद्र २०७८, शुक्रबार १२:४०

काठमाडौं । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पोखराबाट पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका ३२ खुदीखोलास्थित सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।