क्रोएसिया र रुसको चौथो जित

२३ भाद्र २०७८, बुधबार १४:५०


काठमाडौं । विश्वकप छनोटमा क्रोएसिया र रुसले चौथो जित हात पारेका छन् । विश्वकपको युरोपेली छनोट अन्तर्गत समूह एचको खेलमा मंगलबार राति क्रोएसियाले स्लोभेनियालाई ३-० र रुसले माल्टालाई २-० ले हरायो ।

जितपछि दुवैको समान १३ अंक भएको छ । गोलअन्तरमा क्रोएसिया अघि छ ।

क्रोएसियालाई सहज जित दिलाउन मार्को लिभाजाले ३३औं, मारियो पासालिकले ६६औं र निकोलव भ्लासिकले इन्जुरी टाइममा गोल गरे ।

यस्तै रुसको जितमा फेडोर स्मोलोभले १०औं र जेलिम्खान बाकाएभले ८४औं मिनेटमा गोल गरे ।

यसै समूहको अर्को खेलमा स्लोभाकियाले साइप्रसलाई २(० ले पराजित गर्‍यो । जितपछि स्लोभाकिया ६ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । स्लोभेनिया ७ अंकसहित चौथो स्थानमा छ ।