एमसीसीविरुद्ध २२ दल, गठबन्धन गरी विरोध प्रदर्शन

२३ भाद्र २०७८, बुधबार १४:४५

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघरदेखि नयाँबानेश्‍वरसम्‍म एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर(पकड बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल, नेकपा (मालें)का अध्‍यक्ष सीपी मैनाली लगायत सहभागी थिए ।