
काठमाडौं । १। रातिको समयमा परिवारका सबै सदस्यलाई लखेटेर हत्या गरेको देखिएकाले यो सामूहिक हत्यामा अपराधीहरूको ठूलै समूह परिचालन भएको हुन सक्ने प्रहरीको विश्लेषण छ । तर, यस्तो जघन्य अपराधमा कतिजना अपराधीको संलग्नता थियो रु यो प्रश्न भने अनुत्तरित नै छ ।
२। अपराधको घटनामा बाहिरी जिल्लाका पेसेवर अपराधीहरूको संलग्नता छ कि जिल्लाभित्रै वा नगरपालिकाभित्रबाट यस्तो घटना गराउन सम्भव भयो रु स्थानीय जनप्रतिनिधिहरूको अनुमानमा यो हत्या पेसेवर अपराधीबाट भएको जस्तो देखिन्छ । यदि त्यस्तो हो भने बाहिरी जिल्लाबाट गाउँमा कसरी र कहिले अपराधीहरू छिरे रु वसन्तपुरको बाटोबाट छिरे कि चैनपुरतिरको बाटोबाट रु अनि उनीहरू कहाँ बास बसे, के साधन प्रयोग गरे र ?
३। बाहिरी जिल्लाको अपराधीले मात्रै त्यस्तो विकट गाउँमा जग्गा किन्ने पैसा राखेको छ भनेर कसरी सूचना पायो रु कार्कीको घर रहेको भूगोल अनि त्यहाँ पैसा छ भन्ने कुरा परिवार बाहिरको व्यक्तिलाई कसरी थाहा भयो रु कसले सूचना दियो रु तराईमा जग्गा बैना गरेको सूचना ‘लिक’ भएर अपराधीसम्म कसरी पुग्यो रु जग्गा खरिद गर्नका लागि घरमा कति पैसा राखिएको थियो रु कुन बैङ्क वा मनी ट्रान्सफरबाट रकम निकालेर घरमा लगिएको थियो रु र, त्यसबारे को–को जानकार थिए र ?
४। यदि अपराधीहरूको उद्देश्य सम्पत्ति लुट्ने मात्रै थियो भने वृद्धादेखि बालबालिकासम्मको सामूहिक हत्या किन गरियो रु सम्पत्ति लुट्ने क्रममा पहिचान खुल्ने डरले अपराधीले हत्या गरेको मान्ने हो भने पनि ५ र ८ वर्षका बालबालिका पक्कै पनि बौद्धमानजस्तै निदाएकै हुनुपर्छ, उनीहरूलाई किन खरबारीमा घोप्टो पारेर हत्या गरियो रु के अपराधीलाई बच्चाले पनि चिन्ने अवस्था थियो रु
५। यो हत्याको घटनामा अहिलेसम्म गरिएको प्रारम्भिक अनुमान भन्दा बेग्लै अरू कुनै रहस्य पो लुकेको छ कि र ?
प्रहीरीले गरेको आशंका
प्रहरीका अनुसार खेती किसानी गर्ने तेजबहादुरको परिवार सामान्य आर्थिक अवस्थाको हो । दुई छोराले विदेशबाट पठाएको केही रकम घरमा थियो । घटनास्थल र घर सुरक्षित राखिएका कारण धरानबाट गएको प्रहरी उपरीक्षक भीम दाहाल र फरेन्सिक टोलीले घरभित्र लुटपाट भएको छ कि छैन भनेरसमेत अनुसन्धान गर्ने जनाइएको छ । परिवारको अन्य व्यक्तिसँग रिसिइबी भएको चाहिँ हालसम्म खुलेको छैन ।
दुई बच्चासहित परिवारकै हत्या गरिएकाले घटनामा चिनजानकै व्यक्ति संलग्न हुन पनि सक्ने प्रहरीको आशङ्का छ । आफन्तको बयानका आधारमा प्रहरीले अनुसन्धानलाई केही साँघुरो बनाउँदै गएको प्रहरीको भनाइ छ । अहिले प्रहरीले घटना भएको आसपासको समयमा घटनास्थल वरपर सक्रिय मोबाइल नम्बरहरूको पनि विश्लेषण थालेको छ ।
‘बीटीएस लोकेसनका आधारमा सक्रिय मोबाइलहरुलाई ट्रेस गरेर हेरिरहेका छौं,’ डीआईजी बीसीले रातोपाटीसँग भने, ‘हत्यामा भएका व्यक्तिले चलाउने मोबाइलको कल डिटेल रेकर्ड ९सीडीआर० पनि विश्लेषण भइरहेको छ, अनुसन्धानमा संलग्न अधिकृतहरूले शव विभिन्न ठाउँमा भेटिनु र चप्पलहरु यत्रतत्र छरिनुले लखेटेर हत्या गरेको हुन सक्ने आशङ्का गरेका छन् ।’
घटनासँग जोडिएको धेरै विषयले सामूहिक हत्यामा चिनजानकै व्यक्तिको समेत हात रहेको हुन सक्ने अनुमानसहित अनुसन्धानको बाटो त्यसतर्फ पनि सोझिएको उनले बताए । तर, छरछिमेकले घटना भएका बेला कुनै गतिविधि नसुनेको वयान दिएको उनको भनाइ छ ।
