राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नियुक्त भए बालगोपाल महर्जन

२२ भाद्र २०७८, मंगलवार १०:५७

काठमाडौं । बालगोपाल महर्जन यू-२३ राष्ट्रिय फुटबल टिमको प्रशिक्षक का छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले सामेबार बालगोपाल महर्जनलाई यू-२३ को प्रशिक्षक बनाएको जनाएको छ ।

राष्ट्रिय टिमका पूर्व प्रशिक्षक रहिसकेका महर्जनले अब एएफसी यू-२३ एसियन कप छनोटमा नेपाली टिम हेर्नेछन् ।

यस्तै रोजित केसीलाई सहायक प्रशिक्षक र ललित चन्दलाई गोलकिपिङ प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।

यू-२३ एसियन कप छनोटमा नेपाल ‘समूह बी’ मा छ । यस समूहमा इरान, लेबनान र ताजिकिस्तान छन् ।

नेपालले पहिलो खेल अक्टोबर २५ मा ईरानसँग खेल्नेछ ।