आयोखबर संवाददाता
काठमाठौं । काठमाडौँ दक्षिणढोका ७ स्थित बुद्धिष्ट बाल गृहमा नयाँ छोरी उद्यमी नेपाल र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा बुद्धिष्ट बालगृहमा संयुक्त दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकामा निषेधाज्ञा हटेसँगै स्वास्थ्य मापदण्ड अपनाएर सो कार्यक्रम आयोजना गरिएको हो । भाद्र १९ गते दिउँसो भएको उक्त कार्यक्रममा ज्याती बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य र नयाँ छोरी उद्यमी नेपालका बोर्ड सदस्यहरु उपस्थित थिए ।

“तिज नजिकिएसँगै संस्थाका शेयर सदस्यहरुलाई शुभकामना आदान प्रदान गर्नको लागि आयोजना गरिएको हो ।” ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष दुर्गा मैनालीले बताइन ।

प्रत्येक बर्ष सञ्चालन गर्दै आएको तिज कार्यक्रम गत बर्ष भने कोरोनाका कारण मनाईएको थिएन । दुई वटा संस्थाको संयुक्त तिजको दर खुवाउने कार्यक्रमले दुईओटै संस्थाका सदस्यहरुको आपसी सम्बन्ध प्रगाढ हुनुका साथै बाल गृहहरुका भाइ बहिनीहरु पनि खुशी हुने कुरा नयाँ छोरी उद्यमी नेपालकी सचिव विजया खनाल पोखरेलले बताइन् ।
यसरी संयुक्त रुपमा कार्यक्रम गर्दा बालगृहका बाबु नानीहरु पनि उत्साहीत थिए । उनीहरुले नृत्य प्रस्तुत गरेर उक्त कार्यक्रमलाई अझ मनेरञ्जनात्मक बनाएका थिए ।
