काठमाडौं ।
कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरु भएको छ । कोरोना भाइरसबाट बच्नका लागि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले यो अभियान शुरु गरेको हो ।
आइतबार उक्त अभियानको शुभारम्भ गर्दै मेयर रमेश
महर्जनले सबै नागरिकलाई कोरोना संक्रमणबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन सचेतना जगाउन अभियान शुरु गरिएको बताए ।
कीर्तिपुर नगरपालिकाले मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने र त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को समेत स्थापना गरिएको जनाएको छ ।
