कारागार भित्र नाइके र कैदिबन्दीबिच झगडा

२० भाद्र २०७८, आईतवार १४:३९

काठमाडौं ।

ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडा भएको छ । कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कुटाकुटमा परिणत भएको प्रहरी स्रोतले बतायो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले विवाद साम्य भइसकेको आयोखबरलाई बताए । ‘आन्तरिक समस्या हो, अहिले साम्य भइसकेको छ’ उनले भने, ‘गुनासोहरुलाई लिखितरुपमा बुझाउन भनेका छौं ।’

अहिले कारागारमा कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको छ ।