दुई करोड रुपैयाँभन्दा बढीको बैंकिङ कसूरका फरार पक्राउ

२० भाद्र २०७८, आईतवार १४:३३

 

काठमाडौं ।
सिद्धि साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक दीपेन्द्र शाही पक्राउ परेका छन् ।

बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले अयोखबरलाई बताए ।

उनका अनुसार बानेश्वरबाट पक्राउ परेका शाही दुई करोड रुपैयाँभन्दा बढीको चेक अनादर मुद्दामा फरार थिए ।

शाहीमाथि थप अनुसन्धान भइरहेको सिंहले बताए ।