७७ हजार व्यक्तिले गरे खोप कार्ड प्रमाणीकरण

२० भाद्र २०७८, आईतवार १३:५३

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ हजार जनाको कोरोना भाइरस (कोभिड–१९) खोप कार्ड प्रमाणीकरण गरेको छ ।

खोप कार्ड प्रमाणीकरणका लागि विगतमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए ।

कार्ड प्राप्तिका लागि प्रतिक्षामा बस्नेको सूची समेत कम रहेको उनले बताए ।

साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको थियो ।

बुधबारसम्ममा ७७ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको छन् ।

अनलाइन फारम भरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था मन्त्रालयले गरेको छ ।