म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भए क्रिस्टियानो रोनाल्डो

१८ भाद्र २०७८, शुक्रबार १४:२९


काठमाडौं । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले पहिलेजस्तै ७ नम्बर जर्सी लगाउने युनाइटेडले विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि एडिनसन कभानीले ७ नम्बर जर्सी लगाएका थिए । यसै सिजन पनि वल्भ्सविरुद्धको खेलमा कभानीले ७ नम्बर लगाएका थिए ।

रोनाल्डोले ७ नम्बर लगाउने भएपछि अब कभानीले २१ नम्बर जर्सी लगाउने युनाइटेडले जनाएको छ ।