नारायणगढ–मुग्लिन सडक सुचारु

१८ भाद्र २०७८, शुक्रबार १४:१७


काठमाडौं ।

नारायणगढ–मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरो खस्दा अवरुद्ध सडक सुचारु भएको छ ।

शुक्रबार बिहान ८ बजे नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ पाँच किलो र मुग्लिङ–काठमाण्डौ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ घोप्टेभिरमा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको सडक १०ः१० बजेबाट दुवैतर्फ सुचारु भएको हो ।

पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका थिए ।