सफाइकर्मीलाई खाद्यन्न सामग्री तथा स्वच्छता सामग्री

१८ भाद्र २०७८, शुक्रबार १३:५१

काठमाडौं ।

काठमाडौंका सरसफाई क्षेत्रमा कार्यरत २ सय सफाइकर्मीलाई खाद्यन्न सामग्री तथा स्वच्छता सामग्री वितरण गरिएको छ ।

वातावरण स्वच्छ राख्नका लागि काम गर्ने सफाइकर्मीहरुलाई गैर सरकारी संस्था गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (सीएनसीए) र कोभिड १९ र्‍यापिड एक्सन टास्क फोर्स (सी १९ आरएटी) को संयुक्त आयोजनामा सफाइकर्मीलाई खाद्यन्न तथा स्वच्छता सामग्री वितरण गरेको गुथिका प्राविधिक सल्लाहाकार प्रकाश अमात्यले जानकारी दिए ।

जनस्वास्थ्यमा सरसफाईको महत्व मनन गर्दै सफाइकर्मीले पुर्‍याइरहेको योगदानलाई सम्मान गर्नुपर्ने बताउँदै संविधान सभाका पूर्व सांसद विमल केडियाले सफाइकर्मी सहकारी समूहका लागि ५१ हजार नगद सहयोग गरेका छन् ।

कोरोनाको महामारीको समयमा पनि संक्रमणको जोखिम मोलेर वातावरण सफा राख्न सफाइकर्मीले गरेको कामको सम्मानका गर्दै सहयोग गरेको क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडाका कोषअध्यक्ष निर्मल न्यौपानेले बताए ।