सिमकोट विमानस्थलमा आज आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल

१८ भाद्र २०७८, शुक्रबार १३:३८

काठमाडौं ।

हुम्लाको एकमात्रै सिमकोट विमानस्थलमा आज आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल निकै बढेको थियो । सद्गुरु जग्गी वासुदेवको टोली मानसरोवर कैलाश दर्शन गरेर फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको थियो ।

आज तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन उडान र समिट एयरलाइन्सले एउटा उडान हुम्लाबाट विदेशी पर्यटक लिएर पोखरा भरेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए ।

हुम्लाबाट ४७ जना विदेशी पर्यटक आज जिल्ला बाहिरिएको विमानस्थलका प्रमुख गिरीले जानकारी दिए । तारा एयरलाइन्सले तीन उडानमा ३१ जना र समिट एयरलाइन्सले १६ जना विदेशी पर्यटक यात्रुलाई लिएर हुम्लाबाट पोखरा गएको बताइएको छ ।