कर्णाली प्रदेश सरकारलाई १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

१७ भाद्र २०७८, बिहीबार १९:०२

काठमाडौं ।

कर्णाली प्रदेश सरकारलाई कोभिड–१९ प्रतिकार्यका लागि १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रतिमान निमा स्मृति प्रतिष्ठानले उक्त, सामग्री सहयोग गरेको हो ।

बिहीवार प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेसन गराउन, इमर्जेन्सी रिलिफ बेड, पिपिइ सेट, मास्क,डिजिटल थर्मामिटर,गोलप्स लगायतका स्वास्थ्य सामाग्री प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तर गरेकी हुन् ।

स्वास्थ्य सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला प्रदेश सरकारलाई सहयोग गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए ।