‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु

१६ भाद्र २०७८, बुधबार १३:२७

 

काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातिको समयमा तीव्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु गरेको छ ।

बिशेषगरि कोटेश्वर-सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तीव्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तीब्रगति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ ।