प्रदेश १ मा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीतिर

१६ भाद्र २०७८, बुधबार १३:१९

 

काठमाडौ ।

प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा छन् ।

उनीहरुले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गर्ने क्रम जारी छ । सात जनाको सनाखत भएको छ । तीन जनाको सनाखत बाँकी छ । सांसद राजेन्द्र राईले १० जनाले एकीकृत समाजवादी रोजेको बताए ।

उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ । राई निर्वाचन कार्यालयमा नै छन् । कृष्णकुमारी र उपेन्द्र संसदको परिचय पत्र हराएकोले प्रदेशसभा पुगेका छन् ।