काठमाडौं ।
भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय टोलीका कप्तान क्षेत्रीले पत्रकारसँग बोल्दै नेपाली टिम कठिन रहेको र नेपालसँग खेल्न पाउँदा खुसी लागेको बताए ।
पहिला पनि हामीले नेपालसँग खेलेको थियौ । नेपाल कठिन प्रतिद्वन्द्वी हो । नेपाली मुलका भारतीय कप्तान सुनिलले भने । नेपाल र भारतले १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
खेल साँझ साढे ५ बजे हुने बताइएको छ । दर्शकको बिषयमा भने अखिल नेपाल फुटबल संघ (एन्फा) सिसिएमसीको स्वीकृतिको पर्खाइमा छ ।
