कालिज फर्ममा पसेर चितुवाले मार्यो १०० भन्दा बढी कालिज

१६ भाद्र २०७८, बुधबार १२:२५

काठमाडौं ।

डोटी जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ ।

सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गरेका थिए ।

राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।