मन्त्रिपरिषद् बैठक आज बस्ने, के के बिषयमा छलफल हुन्छ ?

१६ भाद्र २०७८, बुधबार ११:३७

काठमाडौं ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ४ बजे बालुवाटार बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकमा समसामयिक विषयमा छलफल हुने ऊर्जामन्त्री पम्फा भुसालले रातोपाटीलाई जानकारी दिए ।

स्रोतका अनुसार आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ ।

सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।